१५ कार्तिक २०८३, आइतबार

मदरसामा नेपाली भाषा निषेध ! खुल्यो ठूलो रहस्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

नेपालगन्ज,  १ साउन । “पढावेवाला नेपाली टिचर मदरसा मे है ही नहीँ, इसिलिए हम लोग पढाते नहीँ पढालेते है (नेपाली पढाउने शिक्षक मदरसामा छँदै छैनन्, त्यसैले हामी पढाउनका लागि मात्र पढाइदिन्छौँ । ”

बाँकेको अल जामेतुल इस्लामिया मदिनतुल बनाद बालका मदरसाका शिक्षक मोहम्मद सकिल खानको स्पष्टीकरणले मदरसामा नेपाली भाषाको अध्ययन र अध्यापनको स्तर प्रस्ट पार्छ ।

थुप्रै धर्मगुरु (मौलाना)हरू नेपाली बोल्न सक्दैनन् तर कनिकुथी नेपाली भाषा बुझ्छन् ।  उनीहरू मदरसामा नेपाली विषयको पाठ्यपुस्तकलाई हिन्दी, उर्दू वा अवधी भाषामा रूपान्तरण गरी विद्यार्थीलाई अध्यापन गराउँछन् ।

हिरमिनियाको दारुल उलुम इस्लामिया कादरिया नुरी मदरसाका मौलाना अस्फाक अली शेखले भारतको मुम्बईबाट धार्मिक शिक्षा आर्जन गर्नुभएको छ ।  उहाँले फाजिल अर्थात् एमए सरहको शिक्षा आर्जन गरे पनि शिक्षाशास्त्र विषय अध्ययन नगरी मदरसामा नेपाली विषयको अध्यापन गर्दै आउनुभएको छ ।

“नेपालीमा बोल्दा गारो हुन्छ”, हिन्दी भाषामा जवाफ दिँदै उहाँले भन्नुभयो, “गाउँका बच्चा पनि नेपाली बुझ्दैनन् ।  उनीहरूलाई अवधी भाषामा नै बुझ्न सजिलो हुन्छ ।  त्यसैले अवधीमा रूपान्तरण गरी नेपाली विषय पढाउँदै आएको छु । ”

नेपाली विषयलाई अवधी भाषामा अध्यापन गरिए पनि परीक्षा नेपाली माध्यममै लिइन्छ भने विद्यार्थीले उत्तर नेपालीमै दिनुपर्ने हुन्छ ।  उहाँले विद्यार्थीको सिकाइ औसत रहेको बताउनुभयो ।

इस्लामिया मदरसा सङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका अल जामेतुल इस्लामिया मदिनतुल बनादका मौलाना मोहम्मद सकिलले आफू नेपाली भाषा बोल्न नसक्ने भए पनि त्यसलाई बुझेर विद्यार्थीलाई अवधी वा उर्दूमा रूपान्तरण गरी पढाउन सक्ने बताउनुभयो ।