
काठमाडौं, ३१ असार । नेपाल प्रहरीका १५ जना एसएसपी डीआइजीमा बढुवा भएका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १५ जना एसएसपी (वरिष्ठ उपरीक्षक) लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस गरेको हो।
बढुवामा सर्वेन्द्र खनालले रमेश खरेललाई पछाडि पारेका छन् । खनाल एक नम्बरमा बढुवा भएका छन् भने खरेल दोस्रो नम्बरमा छन् ।
यसैगरी, १५ औँ नम्बरमा रहेका एसएसपी पुष्कर कार्की तेस्रो नम्बरमा बढुवा भएका छन् । खनाल, खरेल र कार्की भावी प्रहरी महानिरीक्षकका रुपमा समेत हेरिएका व्यक्ति हुन् ।
चौथोमा उत्तम कार्की, पाचौंमा भोगबहादुर थापा, छैटौँमा पुष्कल रेग्मी, सातौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, १०औंमा ज्ञानविक्रम शाह, ११औंमा ठूले राई, १२ औं नम्बरमा शरद चन्द, १३ औंमा धिरु बस्नेत, १४ औंमा पुष्पचन्द्र रञ्जित र १५ औं नम्बरमा सुरेश विक्रम शाह बढुवाको सिफारिस परेका छन् ।











प्रतिक्रिया