११ मंसिर २०८३, शुक्रबार

राजपा नेपालले पायो कानूनी बैधता, आयोगद्वारा दर्ताको निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । राष्ट्रय जनता पार्टी नेपाललाई निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय गरेको छ ।

कान्तिपथस्थित मुख्यालयमा शनिबार बसेको आयोगको बैठकले राजपा नेपालले दल दर्ताका लागि दिएको निवेदनलाई अगाडि बढाउने निर्णय गरेको हो । शनिबारदेखि राजपा नेपाल आयोगमा दर्ता भएको छ ।

राजपा नेपालका प्रवक्ता एवम् महासचिव केशव झाका अनुसार निर्वाचन आयोगले राजपा नेपाललाई दल दर्ता गर्ने निर्णय गरेको छ ।

‘हामीले पाएको जानकारी अनुसार शनिबार बसेको निर्वाचन आयोगको बैठकले राजपा नेपाललाई दर्ता गर्ने निर्णय गरेको छ’, महासचिव झाले भन्नुभयो, ‘आयोगको दल दर्तासम्बन्धी आधिकारिक जानकारी पाइसकेका छैनौँ । सम्भवत आइतबार दल दर्ताको सूचना पाइनेछ ।’
राजपा नेपालले केही दिन अगाडि दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सदभावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सदभावना पार्टीबीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।

पार्टी एकीकरणसँगै अध्यक्षमण्डल गठन गरेर त्यसको संयोजकको जिम्मेवारी महन्थ ठाकुरलाई दिइएको थियो । विभिन्न दलका अध्यक्षहरू भने अध्यक्षमण्डलमा रहने छन् ।