११ मंसिर २०८३, शुक्रबार

चुडामणि शर्मालाई सर्वोच्चमा हाजिर गराइयो, विशेषमा मुद्दा दायर

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । कर फर्स्यौटमा अर्बाैको अनियमितता गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले उपस्थित गराउन आदेश दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शर्मालाई अदालतमा उपस्थित गराएको हो ।

सर्वाेच्चमा उपस्थित गराउनुअघि उनलाई विहान विशेष अदालत लगेर ११ अर्ब बराबरको भ्रष्टाचारको मुद्दा दर्ता गरिएको थियो । अख्तियारले शर्मासहित तीन जनाविरुद्ध झण्डै ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।