१५ कार्तिक २०८३, आइतबार

माओवादीबाट चर्चित सांसद मन्त्री बन्दै !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रबहादुर शाही

काठमाडौं, ३० असार । सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ ।

कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन । नागरिक दैनिकले समाचार छापेको छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव शाहीले नै संसदमा दर्ता गराएका थिए । त्यसपछि शाहीको चर्चा भएको थियो ।

‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन’, नेता हरिबोल गजुरेलले भने, ‘मन्त्रालय टुंगिन वित्तिकै जिम्मेवारी तोकिन्छ ।’

उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित भएकालाई प्राथमिकता दिएर देउवा मन्त्रिमण्डमा पठाउने निर्णय लिएको छ ।