डेनमार्क । उत्तरी यूरोपियन देश डेनमार्कमा नेपाल भलिबल संघ गठन गरिएको छ । यहि जुलाई ९ मा कोपन्हेगनमा सम्पन्न भलिबल खेलाडी तथा खेलप्रेमीहरुको भेलाले डेनमार्कका नेपालीहरु बीच अत्यन्तै लोकप्रिय खेलाडी रहेका जितेन्द्र कार्कीको नेतृत्वमा १३ सदस्यीय भलिबल संघको गठन गरेको हो ।
संघको उपाध्यक्षमा सुशीला हमाल र कृष्ण केसी तथा महासचिवमा रमेश घिमिरे चयन भएका छन् । त्यस्तै, सचिवमा ध्रुब मल्ल र कोषाध्यक्षमा विकास मैनाली रहेका छन् । सदस्यहरुमा ओम राना, बिशाल थापा, बिशाल गुरुङ, प्रकाश श्रेष्ठ, निलम रानाभाट खड्का, निराजन गुरुङ र उमेश न्यौपाने चयन भएका छन् भने पछि अन्य २ जनालाई थप गरि कार्यसमितिलाई १५ सदस्यीय बनाइनेछ ।
डेनमार्कका नेपालीहरुबीच सर्वाधिक लोकप्रिय रहेको भलिवल मा पुरुष तथा महिला खेलाडीहरु समेत उत्तिकै सक्रिय छन् । हरेक बर्षको समरमा प्रवासी नेपाली मञ्च डेनमार्कले भलिवल खेलको आयोजना गर्दै आइरहेको सन्दर्भमा नेपाल भलिवल संघ डेनमार्कको गठनले खेलको थप माहोल सिर्जना गरेको भन्दै खेलाडी तथा खेलप्रेमीहरु उत्साहित देखिएका छन् ।
दीपक पाण्डेय/कोपन्हेगन डेनमार्क















प्रतिक्रिया