१० मंसिर २०८३, बिहिबार

सर्वोच्चले माग्यो चुडामणि शर्मालाई थुनामा राख्नको कारण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामा राख्नुको कारण माग गरेको छ ।

शर्मालाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले शर्मालाई थुनामा राख्नुको कारण आगामी शुक्रबार पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको छ ।

गैह्रकानुनी रुपमा हिरासतमा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले मंगलबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिटमा विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।