११ मंसिर २०८३, शुक्रबार

बाबुरामले २२ वर्षपछि देउवालाई बुझाए धम्कीसहितको ज्ञापनपत्र, के छ पत्रमा ? (पत्रसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले चेतावनीसहितको ज्ञापनपत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

२२ वर्षअगाडि जनयुद्धको प्रारम्भमा तत्कालिन समयमा प्रधानमन्त्री रहेका देउवासमक्ष ४० बुँदे ज्ञापनपत्र बुझाएका बाबुरामले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर गोरखा र धादिङमा अवस्थिति राष्ट्रिय गौरवको परियोजना बुढीगण्डकी जलविद्युत परियोजनाबारे ज्ञापनपत्र बुझाउँदै देउवाको ध्यानाकर्षण गराएका हुन् ।

२२ वर्षअगाडि राजनीतिक माग पूरा गर्न भनेर ज्ञपानपत्र बुझाएका बाबुरामले अहिले चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिइएको बुढीगण्डकी जलविद्युत परियोजना फिर्ता गरी नेपाल आफैले बनाउनुपर्ने भन्दै १३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा बुढीगण्डकी जलविद्युतको निर्माण जिम्मा चीनबाट फिर्ता गर्नुपर्ने, चीनलाई जिम्मा लगाउने तत्कालिन उर्जामन्त्री एवं हालका गृहमन्त्री जनार्दन शर्मा लगायतलाई कारवाही गर्नुपर्ने माग गरिएको छ ।

सरकारबाट बाहिरिने बेला पुष्पकमल दाहालको क्याविनेटले बुढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको थियो । जसको बाबुराम लगायन अन्य पार्टीले पनि विरोध गरिरहेका छन् । बुढीगण्डकीको ठेक्का प्रकरणमा ठूलो कमिसनको चलखेल भएको बाबुरामको दाबी छ । नेपालको हितविपरित समझदारी गरिएको दाबी गर्दै  बाबुरामले समझदारी गर्नेहरुलाई कारबाही गर्न माग गरेका हुन् ।

देउवालाई ज्ञापनपत्र बुझाउने क्रममा बाबुरामले माओवादी जनयुद्ध सुरु हुनु पहिले २०५२ सालमा आफूले ४० बुँदे ज्ञापनपत्र बुझाएको स्मरण गर्दै अहिले फेरि ज्ञापनपत्र बोकेर आएको तर यो विशुद्ध विकाससँग सम्बन्धित भएको कुरा प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । जवाफमा देउवाले पनि आफूलाई भट्टराईले त्यतिबेला ४० बुँदे ज्ञापनपत्र फागुन ५ गतेसम्मको अल्टिमेटम दिएर बुझाएको तर १ गते नै जनयुद्ध सुरु गरेको भन्दै ठट्यौली पारामा प्रस्तुत भएका थिए ।

नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य सुरु गर्न माग गरेको छ ।

हेर्नुस् नयाँ शक्तिको विज्ञप्तिः