
काठमाडौं, २८ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड जाँदै छन् ।
प्रचण्ड पत्नी सीता दाहाललाई लिएर बुधबार थाइल्याण्ड जान लागेका हुन् ।
यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेको स्रोतले जनाएको छ ।
उपचारपछि प्रचण्ड आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचापलगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची छैन ।











प्रतिक्रिया