१५ कार्तिक २०८३, आइतबार

विदेशीको जागिर खान मुख्यसचिव सुवेदीले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । सरकारले नयाँ मुख्यसचिव नियुक्ति टुंगो लगाउन नसकेपछि मुख्यसचिव डा. सोमलाल सुवेदी प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएर बिदा भएका छन् ।

एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकका रुपमा फिलिपिन्सको मनिला जाने अघिल्लो दिन मंगलबार मुख्यसचिव सुवेदी सिंहदरबारबाट बिदा भएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

मुख्यसचिव बुधबार जाने निश्चित हुँदाहुँदै पनि सरकारले कसलाई मुख्यसचिव बनाउने भन्ने टुंग्याउन सकेन । प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव रामकुमार आचार्य देशबाहिर रहेकाले अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । स्वदेश फर्केपछि आचार्यले अर्काे मुख्यसचिव नियुक्त नहुन्जेल निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

मंगलबार सचिवको बैठक आयोजना गरी मुख्यसचिव सुवेदीले आफूले गरेको कामबारे जानकारी गराउँदै सहयोगका लागि धन्यवाद दिएका थिए ।

सो अवसरमा सचिवले समेत मुख्यसचिव सुवेदीको बिदाइ कार्यक्रम आयोजना गरेका थिए । बिदाइका क्रममा मुख्यसचिव सुवेदीले आफूले जानेको ज्ञानसीप जुनसुकै बेला देशका लागि दिन तयार रहेको बताएका थिए ।

साउन १ गतेदेखि एडिबीको वैकल्पिक कार्यकारी निर्देशकका रुपमा काम सुरु गर्न लागेका मुख्यसचिव सुवेदी बुधबार दिउँसो फिलिपिन्सको मनिला प्रस्थान गर्दैछन् ।

एडिबीमा जान लागे पनि सरकारले नै गरेको मनोनयन भएकाले सुवेदीले राजीनामा भने दिनुपर्ने छैन । २०७५ साउनसम्म मुख्यसचिवको कार्यकाल बाँकी रहेकाले अतिरिक्त समूहमा मुख्य सचिवको विशेष पद सिर्जना गरी उनलाई राखिनेछ भने सरकारले उनको ठाउँमा नयाँ मुख्यसचिव नियुक्त गर्नेछ ।

सरकारले मुख्यसचिव नियुक्तिबारे निर्णय नगरेपछि वरिष्ठ सचिव धनबहादुर तामाङले पनि मंगलबारदेखि अवकाश पाएका छन् । तामाङले सचिवको रुपमा पाँचबर्से पदावधि पूरा भएपछि अवकाश पाएका हुन् ।