१५ कार्तिक २०८३, आइतबार

नेपाल आइपुग्यो प्लास्टिकको चामल, एक ब्यापारी पक्राउ

45.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २८ असार । प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ।प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो।

शेरचनले बिक्री गरेको आरटिसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। नागरिक दैनिकले समाचार छापेको छ ।

स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भू सानो भर्‍याङमा रहेको पसलबाट किनेको चामल अरर्रो भएपछि अनुसन्धान अघि बढाएको थियो।

चामल फुट्नुको साटो बल उफ्रिएझैं उफ्रिएपछि काठमाडौं परिसरले अनुसन्धान अगाडि बढाउँदै शेरचनको गोदाममा छापा मारेको हो।

काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले शेरचनको गोदाममा शिलबन्दी गरी चामल परीक्षणका लागि खद्य अनुसन्धानमा पठाउने तयारी गरेको जानकारी दिए।