काठमाडौं, २७ असार । दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण तथा हत्याका प्रमुख योजनाकारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
घटनाका योजनाका खुम बहादुर केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार तार्केश्वर– १० मनमैजुबाट पक्राउ गरी अनुसन्धान थालेको हो ।
केसीले जेठ २६ गते तुल्सीपुरका प्रतिष्ठित व्यापारी श्रेष्ठलाई अपहरण गरी सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ स्थित झिम्पे रेन्ज जंगलमा लगी हत्या गरी ओडारभित्र लास लुकाई फरार रहेका थिए ।
उनीमाथि अनुसन्धान भइरहेको र छिट्टै दाङ प्रहरीको जिम्मा लगाइने महाशाखाले जनाएको छ ।











प्रतिक्रिया