१० मंसिर २०८३, बिहिबार

केपी ओली र कमल थापाबीच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच ‘वान टु वान’ वार्ता भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय भएको वार्तामा संविधान संशोधन विधेयक पारित हुन नदिने विषयमा छलफल भएको स्रोतले बतायो । अहिलेको अवस्थामा विधेयक पास हुन दिनुहुन्न् तपाईले हामीलाई साथ दिनुपर्यो भन्ने ओलीको आग्रहमा थापाले आफू नैतिक बन्धनमा घेरिएको जवाफ दिएका थिए ।

यद्यपी थापाले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर एमालेविनाको संशोधन ‘कर्मकाण्डी’ मात्रै हुने भन्दै एमालेले साथ नदिए आफू पनि विपक्षमा उभिने कुरा स्पष्ट पारेका थिए ।

आजको वार्ताको विस्तृत विवरण बाहिर आउन बाँकी छ ।