काठमाडौं, २७ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता अनिल शर्मा ‘विरही’सहित सात जना पक्राउ परेका छन् ।
शर्मालाई प्रहरीले मंगलबार बिहान बागवजारस्थित सम्पर्क कार्यालयबाट पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ पर्नेमा नेकपाका नेता झनक श्रेष्ठ र भीमबहादुर खडका पनि रहेका छन् ।
पक्राउ पर्नेमा नेकपाका केन्द्रीय सदस्य मकर गुरुङ, गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर, सम्पर्क मञ्चका हरि श्रेष्ठ र सुशील बलम्पाकी रहेका छन् ।
नेकपाले आह्वान गरेको नेपाल बन्द सफल बनाउन हिँडेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ ।











प्रतिक्रिया