
धरान, २६ असार । धरान उपमहानगरपालिकामा जारी मतगणनामा माओवादीले पहिलोपटक जित हासिल गरेको छ ।
माओवादी केन्द्रले धरानको १७ नम्बर वडामा प्यानलैसहित विजयी भएको हो । धरानमा अहिलेसम्म माओवादीले कुनै पनि सदस्य जित्न सकेको थिएन् ।
धरान–१७ मा माओवादी केन्द्रका सूर्यबहादुर भट्टराई वडाध्यक्षमा विजयी भएका छन् । उनले १,८९९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पूर्णकुमार राईले १,३५७ मत ल्याएका छन् ।
धरानमा अब ११, १५ र १६ को परिणाम घोषणा गर्न बाँकी छ । यी सबै वडामा नेकपा एमाले अगाडि छ ।











प्रतिक्रिया