१० मंसिर २०८३, बिहिबार

नेविसंघका पूर्वउपाध्यक्ष शाह पक्राउ, करिब २ करोड ठगीको आरोप

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहलाई प्रहरीले करिब २ करोड ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

विदेश पठाइदिने भन्दै पैसा उठाएर फरार भएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले गत बुधबार शाहसहित चार जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि १ करोड ९७ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

महाशाखाका अनुसार शाह नेतृत्वको समूहले जापान र अमेरिका पठाइदिने भन्दै सल्यानका युवाविद्यार्थीबाट १० देखि २० लाखसम्म पैसा उठाएको उजुरीमा उल्लेख छ ।

यसैबीच महाशाखाको टोलीबाट पक्राउ परेका शाहलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

शाह हाल अपराध महाशाखाको हिरासतमा छन् ।