
धरान, २६ असार । धरान उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले बाजी मारेको छ ।
तीन हजार भन्दा बढी मत अन्तरले नेकपा एमालेका उम्मेदवार तारा सुब्बा मेयरमा विजयी भएका छन् । काँग्रेसका तिलक राई निकटतम प्रतिस्पर्धी रहे ।
यसैगरी, उपमेयरमा एमालेकै मन्जु भण्डारी विजयी भएकी छिन् । उनी पनि चार हजार भन्दा बढी मत अन्तरले विजयी भएकी छिन् । काँग्रेसकी स्यामा रेग्मीले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।
माओवादी र संघीय समाजवादी फोरमको गठबन्धन तेस्रो स्थानमा रह्यो । एमालेले धरानका अधिकांश वडा पनि जितेको छ । योसँगै नेकपा एमाले दोस्रो चरणमा १५१ स्थानमा विजयी भएर देशकै सबैभन्दा ठूलो पार्टी बनेको छ ।











प्रतिक्रिया