३ कार्तिक २०८३, मंगलबार

कपिल शर्माको शो बीचमै छाडेर किन हिडे शाहरुख ?

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका बादशाह शाहरुख खानले कपिल शर्माको शो छाडेर हिडेका छन् ।

आफ्ना अपकमिंग फिल्म ‘जब हैरी मेट सेजल’ को प्रमोशनमा व्यस्त शाहरुख अभिनेत्री अनुष्का शर्मासहित कपिल शर्माको शो मा पुगेका थिए । तर, दुबै जना शुटिंग नगरेरै फर्किए । यसको कारण भने कपिल शर्मा नै हुन् ।

यो एक स्पेशल एपीसोड थियो । यसमा फिल्मका निर्देशक इम्तियाज अली पनि आउनेवाला थिए । तर, कपिल शर्माका कारण शुटिंग नै स्थगित गर्नुपर्यो । खासमा शुटिंग सुरु हुनुभन्दा पहिला कपिल शर्मालाई आफू अस्वस्थ भएको महसुस भयो । यसकारण उनले तुरुन्त डाक्टर बोलाए । त्यसपछि कपिल शर्मालाई अस्पतालमा भर्ती गराइयो । यसकारण शाहरुखको शुटिंग स्थगित गर्नुपर्यो ।

अब कपिल शर्मा अस्पतालमा छन् र उनका परिवार हेरचाह गरिरहेका छन् । यसबारेमा कपिल शर्मा शो की कलाकार किकू शारदाले भनेकी छन्– शाहरुख खानसँग शुटिंग तय भएको थियो । अघिल्लो रात केही प्रोमो पनि शूट गरिएको थियो । तर, शुटिंग सुरु हुनुभन्दा केहीबेर अगाडि नै कपिल चेकअपका लागि अस्पताल भर्ना भए । अतिथि बोलाइएका शाहरुख र अनुष्का प्रमोशनमा व्यस्त भएकाले तुरुन्तै फर्किए ।’