२९ आश्विन २०८३, बिहिबार

यस्तो पनिः छोरी जन्माएपछि बुहारीलाई सडकमा फालेर भाग्यो परिवार

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अतिरिक्त दाइजोका रुपमा ५ लाख रुपैयाँ नबुझाएको र छोरीलाई जन्म दिएको भन्दै भारतको राजधानी नयाँदिल्लीस्थित बुलंदशहर नरगको दनकौर सडकमा एक परिवारले आफ्नी बुहारीलाई फालेर फरार भएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले श्रीमानसहित ससुराल पक्षलाई नोटिस गरेको छ ।

नगरको एसडीएस कलोनी कटा खेडा देवी मन्दिर निवासी रीमा भाटीकी छोरी इन्द्रपाल भाटीले बताएकी छन् कि उनको विहे २७ नोभेम्बर २०१५ मा ग्राम मकनपुर थापा दनकौर जनपद गौतमबुद्ध नगर निवासी पवन भाटीका छोरा रनवीर सिंहसँग भएको थियो । उनका अनुसार विहेमा उनका परिवारजनले २२ लाख रुपैयाँ खर्च गरेका थिए । तर, विहेपछि ससुरालीले अतिरिक्त दाइजोका रुपमा ५ लाख रुपैयााँ नगद माग्न थाले ।

माग पूरा नहुँदा उनलाई कोठामा बन्द गरेर श्रीमानसहित सासु ससुराले कुट्न थाले् । गर्भवती अवस्थामा पनि लिंग जाँच अस्वीकार गरेपछि उनीमाथि झन कुटपिट हुनथाल्यो । यही बीचमा २ सेप्टेम्बर २०१६ मा उनले नोएडाको एक अस्पतालमा छोरीलाई जन्म दिइन् ।

छोरीलाई जन्म दिएपछि पनि ससुराल परिवारले प्रसुति अवस्थामै उनलाई अस्पतालमै पिटेको र त्यहाँबाट छाडेर हिडेका थिए । पाँच लाखको माग पूरा नभएपछि उनीहरुले ४ जनवरी २०१७ का दिन पीडित बुहारीलाई दनकौर रोडमा गाडीबाट फ्याकिदिए र फरार भए । श्रीमानसँग रहँदा ससुराल घरमा उनको हत्याको प्रयास समेत भएको थियो । त्यहाँका प्रहरी प्रमुख सञ्जय पांचालले पीडितको उजुरीका आधारमा ससुरा पवन भाटी, पति रनवीर सिंह, सासु निर्मला, जेठाजु दर्शन भाटी, देवर प्रदीप, दिनेश, नन्द रजनी, योगिता, जेठानी चञ्चलविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।