३० आश्विन २०८३, शुक्रबार

कहिलेसम्म हेर्ने यिनीहरुको लाखे नाच ?

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विश्व विनोद

यी लाखेका मुख्य नेतृत्वकर्ताहरु मध्येका कोही जुँगा मुसारेर लाजिम्पाट महलमा अर्को लाखे जात्राको नाटक संरचना बनाउन र रिहर्सल गरिरहेका हुन्छन् भने बाल्कोट र सानेपासम्म यो लाखे जात्राको प्रभाव देखिन्छ । अझ लैनचौरको राजदूतावासमा राष्ट्रियताको काट्टो खाएर तराईमा स्वायत्तताको लाखे नाचको ढोंग रच्नेहरुको बोलाबाला छुट्टै हेर्न लायकको हुन्छ ।

जात्रा बिशेषमा लाखे नाच मनाइन्छ तर राष्ट्रिय जात्रामा भने लाखे नाचको छुट्टै महत्व हो कि भन्ने लख काट्न सकिन्छ । अझ राजनीतिक जात्रामा त मात्रा नपु¥याएर लाखे नाच नाचेर जनतालाई भुलाउने काम पटक पटक भएको पाइन्छ । आदर्शको मुखुण्डो ओडेर यी राजनीतिक बुख्याँचाले देशलाई अधोगतिमा लग्दालग्दै पनि हामी निर्धक्क त्यही लाखे नाचको सेरोफेरोमा पटकपटक मेला भरिरहेछौं ।

यो राजनीतिक लाखे नाचको मुकुण्डो पनि सायद दक्षिणको कच्चा पदार्थले बनेको हुनुपर्दछ । ताल त्यतैको हुनुपर्दछ । खै आफ्नो मौलिकपनको नेपाली राजनीतिक लाखे नाच ? के यि लाखेहरु कस्को इशारामा नाच्छन् हँ ? तपाईले भेउ पाएर पनि के गर्नु तपाईलाई यी लाखेले नाचि नाचि पर छेउमा पु¥याई दिन्छन् । कहिले प्रजातन्त्रको नाममा यिनिहरुले लाखे नाच गरे । कहिले पञ्चायतको नाममा लाखे नाच गरे भने कहिले गणतन्त्र र राजतन्त्रको नाममा लाखे नाच गरिनै रहे यि नौटंकीवाजहरुले ।

बिद्यालयमा पढाउँदा सरले भन्नुहुन्थ्यो, गाई र भैंसी सजिलै छुट्याउन सकिन्छ तर यि मुकुण्डोधारी लाखेको लिंग, वर्ण, आदर्श, राष्ट्रियता केही गरि छुट्याउन नसकिने रहेछ । आखिर पशुलाई त यै हो भनेर छुट्याउन सकिन्छ तर मानव नामका यि कलंकलाई किन छुट्याउन सकिदैन हँ ?

गाउँमा लाखे नाच हुँदा गर्मी हुँदा लाखेलाई नाङ्लोले हम्किने र पानीले छम्किने गरिन्थ्यो । अझ लाखे बन्नेले केही दिन अघि बाट शुद्ध खानेकुरा खाएर लाखे बन्नको लागि तयार भएर बसेको हुन्थ्यो । यी राजनीतिक लाखे हेर्दा बिभिन्न पार्टीमा लाखे नाच नाच्न बिभिन्न बिशेषता बोकेका महामानवहरुको बाहुल्यता दिनानुदिन बढेको छ भने । यो लाखे नाच नाच्नलाई कुनै तिथि मितिको आवश्यकता नपरेको ठ्याक्कै थाहापाउन सकिन्छ । बिशेषगरि हरेक नौ-नौ महिनामा गज्जबको लाखे नाच सिंहदरबारमा देख्न पाइन्छ भने, बेलाबखत सडक, सदनमा पनि लाखेको अबतार देख्न पाइन्छ । कुर्सी भाँच्ने, रेलिङ तोड्ने, माईक फोड्ने यी लाखेलाई गर्मी भएको बेला पैसाको बिटोले हम्किन र हिन्दी गीतको शितलताले छम्किन सके शान्त भएको पनि देख्न सकिन्छ ।

बिशेषगरि हरेक नौ-नौ महिनामा गज्जबको लाखे नाच सिंहदरबारमा देख्न पाइन्छ भने, बेलाबखत सडक, सदनमा पनि लाखेको अबतार देख्न पाइन्छ । कुर्सी भाँच्ने, रेलिङ तोड्ने, माईक फोड्ने यी लाखेलाई गर्मी भएको बेला पैसाको बिटोले हम्किन र हिन्दी गीतको शितलताले छम्किन सके शान्त भएको पनि देख्न सकिन्छ ।

लाखेले आफ्नो मुख नदेखाउने भएकोले जति उदण्ड हुन्छ, यि राजनीतिक लाखेहरु पनि नेपथ्यमा बसेर सडकमा मानिसलाई लाखे नाचको आमन्त्रण गर्दछन् । कहिले बम त कहिले रमको प्रयोगले यि लाखे नाचलाई उत्कर्षमा पु¥याउने काम भएको छ । अझ यिनै लाखेहरु सस्ता शहीदको खेतिमा तल्लिन हुन्छन् । मानव जीवनलाई बत्तिको पुतली झैं होमिन सिकाउने यी लाखेका मुख्य नेतृत्वकर्ताहरु मध्येका कोही जुँगा मुसारेर लाजिम्पाट महलमा अर्को लाखे जात्राको नाटक संरचना बनाउन र रिहर्सल गरिरहेका हुन्छन् भने बाल्कोट र सानेपासम्म यो लाखे जात्राको प्रभाव देखिन्छ । अझ लैनचौरको राजदूतावासमा राष्ट्रियताको काट्टो खाएर तराईमा स्वायत्तताको लाखे नाचको ढोंग रच्नेहरुको बोलाबाला छुट्टै हेर्न लायकको हुन्छ ।
यो लाखे नाच हाम्रो राष्ट्रिय संस्कृति बनिसकेको छ । न यस्लाई समय चाहिन्छ न स्थान चाहिन्छ । सिंहदरबारदेखि घरबारी र खरबारी सम्म गज्जबको लाखे नाचको मेलामा तपाईं हामीले आफूलाई सरिक बनाई रहेका छौं । मुकदर्शक बनिरहेका छौं । आखिर यि लाखेको मुकुण्डो कहिले उतारिन्छ हँ ? जदौ !