
– वि.वि. श्रेष्ठ
लोकतन्त्र र समाजवादलाई आफ्नो जननी सम्झने नेपाली काँग्रेस देशको नै सवैभन्दा ठूलो राजनैतिक पार्टी भएर पनि माओवादीको वैशाखी टेकेर पुनः ठूलो शक्ति बन्ने दाउपेचमा लागेको भएता पनि नराम्रोसँग चिप्लिएको छ । यो सँगै नेपाली काँग्रेस पार्टीको शाख गुमेको सहजै अनुमान लाउनेहरु बेग्रल्ती भेटिएका छन् ।
स्थानीय निकायको चुनावले दलहरुको साइज निर्धारण गरिदिएको छ । दोस्रो चरणको चुनाव र हिजोको जनादेशलाई आधार मानेर यो चुनावलाई पनि त्यही अनुरुपको सतही व्याख्यातामा रम्नेहरुका लागि यो स्थानिय निकायको चुनावले सोच्न बाध्य बनाइदिएको छ । २०६४ सालको संविधानसभामा पहिलो राजनैतिक शक्तिको रुपमा उदाएको माओवादी अहिले पछि भएको संविधानसभामा सवैभन्दा पहिलो राजनैतिक शक्ति नेपाली काग्रेसको सहयोगी बनेर देखा परेको छ । लोकतन्त्र र समाजवादलाई आफ्नो जननी सम्झने नेपाली काँग्रेस देशको नै सवैभन्दा ठूलो राजनैतिक पार्टी भएर पनि माओवादीको वैशाखी टेकेर पुनः ठूलो शक्ति बन्ने दाउपेचमा लागेको भएता पनि नराम्रोसँग चिप्लिएको छ । यो सँगै नेपाली काँग्रेस पार्टीको शाख गुमेको सहजै अनुमान लाउनेहरु बेग्रल्ती भेटिएका छन् । आखिर अहिलेको सवैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस किन माओवादीको वैशाखी टेक्नपर्ने अवस्थामा पुग्यो, त्यसो गर्दा पनि किन उ ठूलो पार्टी वन्न सकेन । राजनैतिक वृत्तमा अहिलेको विशेष बहसको केन्द हुन पुगेको छ ।

समावेशीता, गणतन्त्र, स्वायत्तता, विशेषाधिकार, समानताको हिमायती सम्झने माओवादी अहिले राप न तापको दोसाँधमा रहेको पाइन्छ । माओवादीको काग्रेससँगको को कुम जोडाईले माओवादी साँच्चै कम्युनिष्टको नीति विचार तथा सिद्धान्त अवलम्वन गरिरहेको त छ ? भन्ने कुरा साोचनिय विषय वनेको छ । सैदान्तिक रुपमा माओवादी आफ्नो विचार मिल्ने भनेको एमालेसँग हो, जनमोर्चासँग हो । तर के का लागि माओवादी काँग्रेसको सारथी वन्न वाध्य भयो ? विचार शुन्य भएर हो कि पतोन्मुख भएर ? काग्रेससँग तालमेल गरेर एमालेलाई जसरी पनि झुकाउने अभिप्रायको निर्णय गरिरहँदा क्रान्तिकारी कमरेडहरुले समान्य सिद्धान्त, विचार, वहस गर्न उचित ठाने अथवा ठानेनन् ? आखिर के का लागि तालमेल ? सिट धेरै ल्याउनका लागि कि विचारले स्थापित हुनका लागि ? विचार र भावना मिल्नेसँग तालमेल भन्ने हो भने एउटा पूर्व जाने, अर्को पश्चिम जाने । कसरी सम्भव भयो ? राजनीतिमा हरेक कुरा सम्भव हुन्छ भन्ने मान्यता लाई मात्र स्थापित गर्ने हो भने विचार, सिद्धान्त, नीति कार्यक्रमको कुनै अर्थ छैन । विगतमा एमालेलाई पश्चगामी र कम्युनिष्ट नै होईन भन्ने पुष्पकमल दाहाल अब कसरी कम्युनिष्ट ? केका आधार र मापदण्डलाई आधार मानेर गरियो तालमेल ? जगको प्रश्न यहि हो । केहि संख्या गाउँपालिका वा नगर प्रमुख जित्ने अभिलाषा र जसरी पनि एमालेलाई देखाइदिने सोचका साथ गरिएको तालमेलले प्रचण्डको वैचारिक, सैद्धान्तिक र राजनैतिक भविश्य कमजोर भएको देखाउँछ । हिजोको प्रचण्ड आज कसैको लगौटी बन्न विवश भइरहेका छन् । यसले पनि प्रष्ट पारेको छ माओवादीको विचारधार र धरातल ।
विगतमा एमालेलाई पश्चगामी र कम्युनिष्ट नै होईन भन्ने पुष्पकमल दाहाल अब कसरी कम्युनिष्ट ? केका आधार र मापदण्डलाई आधार मानेर गरियो तालमेल ? जगको प्रश्न यहि हो ।
नेकपा एमालेको सरकारमा सारथी वनेको माओवादी केपी ओली सरकारलाई इतिहासको नै राष्ट्रवादी सरकार र ओलीलाई सर्वेसर्वा नेता भएका वताएका प्रचण्ड नेपाली काग्रेससँग कुर्सीको ९ महिना सम्झौतापश्चात, बिनाकारण नेपाली काग्रेससँग गठजोड जोडेर प्रधानमन्त्री बन्न पुग्यो । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा वोलिरहँदा राष्ट्रघाती सरकारलाई वोक्न सकिएन भन्ने अभिव्यक्ति दिएर आफनो राजनैतिक धरातल थप कमजोर बनाउन पुगे । काग्रेससँगको सहयात्रा र त्यसवाट हुने चुनाबले सरकार र सत्ताको दुरुपपयोग गरेर स्थानिय चुनावमा जित हासिल गर्न सकिने अन्धभक्त सोचका कारण स्थानिय निकायका आफनो पहिचान, परिचय गुमाउन पुग्यो । समय र मासलाई हेरेर रंग फेर्न सक्ने माहिर प्रचण्डको यहि दोधारे रणनीतिका कारण राजनैतिक र वौद्धिक वर्गमा अविश्वासको पात्र वनेर जग हँसाइरहेका छन् । कार्ययोजना, नीतिलाई तिलाञ्जली दिएर गरिने क्रियाकलाप क्षणिकताका लागि मात्र हुनेछ भन्ने कुरामा अझै माओवादी यानेको प्रचण्डको सद्वुद्धि आउने लक्षण देखिदैन । यही गिर्दो साख र जनताको तिरस्कारका बीचमा अझै केहि समय प्रचण्डका भूमिकाहरु देख्न सकिन्छ ।
सुशील कोइरालाका पालामा संविधान जारी हुँदा नै आफनो अधिपत्य राख्न नाकावन्दी गरेको भारतको त्यो वेलामा प्रधानमन्त्री सम्हालेको केपी ओली अथवा एमालेको अहिलेको मुख्य साख भनेको भारतसँगको आमनेसामने, भारतीय विस्तारवादको विरोध र जनतामा जगाएको आशाको परिणाम नै हो । भलै ओली सरकारले गरेको कामहरु अहिले कार्यन्वयनका चरणमा रहेको छ । त्यही भारतको अधिनायकवादको शैलीको चर्को विरोधको कारण नै अहिले पहिलो र दोश्रो चरणको स्थानिय चुनावमा पहिलो पार्टी बनेको एमाले । नेपाललाई जसरी पनि गलाउने रणनीतिमा रहेको भारत ओली सरकारको मुकाविला, नेपालको राष्ट्रियता, अखण्डता, स्वाभिमानतामा खेलेको भुमिकाले नै अहिले पहिलो पार्टी हुने कारण हो । नेपालका अघोषित नाकावन्दी भइरहँदा नेपाली काँग्रेसजस्तो देशको ठूलो पार्टी चुँसम्म नबोल्ने, आफूलाई परिवर्तनका मसिहा सम्झने माओवादी भारतसँग घुँडा टेकेर याचना गर्ने भुमिकालाई जनताले नजिकवाट नियालेका थिए । त्यहि भूमिकाका कारण देशको पहिलो पार्टी भएर पनि एक्लै लड्ने आँट नभएर तालमेल गर्न बाध्य बन्यो, यद्यपि त्यो न्यानो पनि लामो समय टिक्न सकेन ।
संविधानमा मधेशी जनताका हक अधिकार छिनिएको दावी गर्ने मधेशी दलहरुको हैसियत पनि यो चुनावले उदाङ्गो पारिदिएको छ । मधेश वाहुल्य क्षेत्रमा मधेशी दलले भन्द अन्य दलको उपस्थितिले उनीहरुको चरित्रमाथि पनि शंका थोपरिदिएको छ । मधेश केवल हाम्रो हो भन्ने दम्भलाई उल्टाइदिएको छ । मधेशमा छिर्न पनि आफनो अनुमति लिनुपर्ने चिन्तन बोकेकाहरुका लागि यो चुनाव अभिशाप वनेको छ । संसारमा प्रविधिले अग्रगामी छलाङ्क मारिसकेको सन्दर्भमा पनि पुरातनवादी सोच राख्ने मानसिकताका कारण धरातल कमजोर बन्दै गइरहेको छ । जनताहरु सोच्न सक्ने, विचार, विश्लेषण गर्न सक्ने भइसकेको यथार्थलाई अगिंकार गर्न नसक्दा स्वतः भूमिकाविहीन हुनुपर्ने कुरामा सवै सचेत बन्नै पर्दछ । विचार र सिद्धान्त र भुमिकालाई अहिलेका जनताले मुल्यांकन गर्न सक्ने भएका छन् । देश र जनता, राष्ट्रिय अखयण्डता, स्वाभिमान र स्वतन्त्रतको रक्षा गर्ने एकमात्र पार्टी एमाले हो भन्ने आभासका साथ जनताले एमालेलाई पहिलो शक्ति बनाएका हुन् । देश जल्दै गर्दा छिमेकीले हेप्दै गर्दा एमालेले लिएको राष्ट्रवादको कडीलाई समग्रमा देशका हरेक भुभागमा जनताले साथ दिएको देखियो । यही सत्यतालाई मनन गर्दे समग्र राजनैतिक दलहरु देश र जनताका लागि मिल्नुको विकल्प छैन । जनताका नाममा राजनीति गर्ने, तर सिन्को पनि नभाँच्ने परिपाटीले आफनो भुमिका शून्य शिवाय केही हुन सक्दैन ।
लेखक तनहुँका पत्रकार हुन् ।















प्रतिक्रिया