९ मंसिर २०८३, बुधबार

गृहनगरमा ओलीको गर्जन– जति षडयन्त्र गरेपनि एमाले कसैको जालोमा फस्दैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विर्तामोड, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माकुराको जालोमा भैंसी नअल्झिने बताउनु भएको छ । संविधान संशोधनका लागि अहिले अनेक जालोहरु बुन्दै गएको भएपनि एमाले कसैको जालोमा नफस्ने उहाँको भनाई छ ।

आज झापाको विर्तामोडमा स्थानीय तहको निर्वाचनमा विजय उम्मेदवारलाई बधाई तथा शुभकामना दिंदै ओलीले आर्थिक समृद्धिको लागि पराजित प्रतिपक्षलाई समेत साथमा लिएर काम गर्न विजय उम्मेदवारलाई उहाँले निर्देशन दिनुभयो ।

बधाई तथा शुभकामना कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवाली, नेताहरु एलपी साँवा, हिक्मत कार्की लगायतले शुभकामना दिनु भएको थियो ।

झापाका १५ गाउँ तथा नगरपालिका मध्येमा ४७ प्रतिशत एमालेले विजय हासिल गरेको छ । झापाका दमक, कमल, शिवसतासी, कन्काइ, विर्तामोड, भद्रपुर लगायतमा एमालेले बहुमतको साथ विजय गरेको छ भने आज समेत अर्जूनधारामा मतगणना भइरहेको छ । मतगणना भइरहेको अर्जूनधारा नगरपालिकामा मेयर उपमेयरमा समेत एमालेका अग्रता कायम नै रहेको छ ।