९ मंसिर २०८३, बुधबार

चुनाव हारेपछि माओवादीमा हलचल, प्रचण्डले बोलाए आकस्मिक भेला

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । पहिलो र दोस्रो चरणको चुनावमा हार व्यहोरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले जिल्ला इन्चार्जहरुको आकस्मिक भेला बोलाएका छन् ।

चुनावमा माओवादी हार्नुको कारणको खोजी र भावी रणनीतिका लागि जिल्ला इन्चार्जहरुको भेला आह्वान गरिएको हो । काठमाडौँमा साउन दुई गते बस्ने गरी बोलाइएको भेलामा केन्द्रीय सचिवालय सदस्य र जिल्ला इन्चार्जहरुको सहभागिता हुने बताइएको छ ।

स्थानीय निकायको चुनावको परिणामलाई लिएर माओवादीभित्र हलचल मच्चिएको छ । धेरैले प्रचण्डलाई दोष दिँदै आएका छन् । प्रचण्डले भने चुनाव नजिते पनि माओवादीको एजेण्डाले जितेको भन्ने गरेका छन् ।

साउन २ गतेको भेलाले तेस्रो चरणको चुनावका लागि रणनीति तयार गर्नेछ ।