
काठमाडौं, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
सिंहदरबारमा बिहान ११ बजेपछि बस्ने दलको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुनेछ ।
संविधान संशोधनप्रति लचक देखिएको राप्रपाले सहयोग गर्ने आश्वासन दिएको छ ।
त्यसैगरी, सरकारमा सहभागिताका विषयमा पनि छलफल हुनेछ । राप्रपाले उपप्रधानसहित पाँच मन्त्रालय माग गरेको छ । तर, कांग्रेस र माओवादी केन्द्रले उपप्रधानमन्त्री नदिने बरु चार मन्त्रालयमा चित्त बुझाउनु पर्ने प्रस्ताव गरेका छन् ।











प्रतिक्रिया