२१ कार्तिक २०८३, शनिबार

एस.ए.बी.मा २०४औँ भानुजयन्ती, अनुज्ञाले जितिन् प्रथम पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । सूर्योदय फाउन्डेसनअन्तर्गतको एस.ए.बी. पब्लिक स्कूलले २०४औं भानुजयन्ती विशेष कार्यक्रम गरेर मनाएको छ ।

काठमाडौंको डिल्लीबजार घट्टेकुलोस्थित स्कूलको प्राङ्गणमा भानु जयन्तीका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल लक्ष्यबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा उपत्यकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता पनि गरिएको थियो ।

स्कूलले नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भव्यताका साथ मनाउँदै आएको छ ।

विद्यार्थीभित्र लुकेको बालप्रतिभाहरूको प्रस्फुटन र सम्मान होस् भनेर प्रत्येक वष भानुजयन्तीका अवसरमा कार्यक्रम गरिँदै आइएको छ ।
उपत्यकाका २० वटा विद्यालयका ४० विद्यार्थीको प्रतियोगितामा सहभागिता रहेको थियो ।

प्रतियोगीहरूलाई कविता लेखनबारे जानकारी तथा प्रशिक्षण भानु प्रतिष्ठानका ऋशवदेव घिमिरेले दिनुभएकोे थियो ।

प्रतियोगिता एम्बिसन एकेडेमीकी अनुज्ञा नेपालले जितेन् । रिपुमर्दिनी सैनिक स्कूलकी पुष्पा गुरुङले दोस्रो स्थान हात पारेन् । युनाइटेड स्कूलकी निष्टा लम्सालले तृतीय स्थान प्राप्त गरेकी छिन । रिपुमर्दिनी सैनिक स्कुलकी रमा फुँयाल र के.एम.सी. स्कुलकी आष्माले शर्मा सान्त्वनमा विजयी भए ।

उत्कुष्ट विद्यार्थीलाई सम्मानका साथै नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिइको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक भरतकुमार भट्टराई, साहित्यकार एवम् समालोचक जीवनाथ धमला, सिस्नुपानी नेपालका लक्ष्मण गान्नागे, छन्द कवि सुदेश सत्याल, कल्याण शर्मालगायतको उपस्थिति थियो ।

विद्यालयका प्रिन्सिपल लक्ष्यबहादुर के.सी.ले नेपाली भाषा र साहित्यको विकास र विस्तार कार्यमा विद्यालय निरन्तर रूपमा अघि बढ्ने बताए ।