९ मंसिर २०८३, बुधबार

काठमाडौंका युवालाई पार्टीमा भित्र्याउँदै पहारीले भने- चुनावमा विकास विरोधी शक्ति बढारिए

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले स्थानीय तहको निर्वाचनबाट प्राप्त भएको स्थानीय सरकारलाई दिगो कायम गराउन तत्काल प्रदेश सभाको निर्वाचन गरिनुपर्ने बताउनु भएको छ ।

युवा संघ नेपाल काठमाडौं– १४ द्वारा कलंकीमा आयोजित सम्मान एबम् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले अबको स्थानीय सरकारले युवामैत्री विकासका कार्यक्रम अगाडी सार्नुपर्ने बताउनुभयो ।

उहाँले सन् २०३० सम्म विकसित मुलुक बनाउने हाम्रो दिगो लक्ष्य पुरा गर्न छुट्टिएको बजेट खर्च हुने वातावरण बनाउनुपर्ने र १६ देखि ४० सम्मका युवालाई बिशेष परिचालित गर्नुपर्ने समेत बताउनुभयो ।

यो मुलुकको विकास र समृद्धिको बाधक शक्तिहरु निर्वाचनबाट पराजित भएका कारण अझ सशक्त भएर जनताप्रति उत्तरदायी हुँदै काम गर्न निर्वाचित जनप्रतिनिधिलाई सुझाव समेत दिनुभयो ।

आज केही दलहरुमा रहेको पुरातन सोंच र उग्रवादी सोचका कारण मुलुकलाई पछ्डी धकेल्ने प्रयत्न भएको तर एमालेको स्पष्ट बिचार र अडानका कारण निर्वाचन सम्भव भएको बताउनुभयो । निर्वाचित जनप्रतिनिधिहरुले एमालेको इज्जत र प्रतिष्ठा सम्झेर असल काम गर्नेमा आम युवाहरु विश्वस्त रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा का म न पा १४ का निर्वाचित एमाले जन प्रतिनिधीलाई सम्मान गर्दै करिब १०० जना युवालाई संगठनमा प्रवेश गराइएको थियो ।

कार्यक्रममा युवा संघ उपत्यका इञ्चार्ज निरेशलाल सिंह, काठमाडौं अध्यक्ष पेप्बा घले लगायतले मन्तब्य राख्नु भएको थियो ।