९ मंसिर २०८३, बुधबार

चार स्थानीय तहमा मतगणना जारी: कहाँ, को अगाडि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । दोस्रो चरणमा चुनावको अब ४ वटा स्थानीय तहको मात्रै नतिजा आउन बाँकी छ ।

३ सय ३४ स्थानीय तहमध्ये अब एक महानगरपालिका, एक उपमहाननगरपालिका र दुई नगरपालिकाको नतिजा आउन बाँकी रहेको हो ।

मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्बास नगरपालिकामा अहिले पनि मतगणना भइरहेको छ । विराटनगर बाहेक अन्य सबैमा एमालेले अग्रता लिइरहेको छ । विराटनगरमा भने काँग्रेसको जित पक्कापक्की देखिएको छ ।

विराटनगरको मेयरमा काँग्रेसका भीम पराजुली पाँच हजार मत अन्तरले अगाडि छन् । उपमेयरमा पनि कांग्रेसकै इन्दिरा कार्की अगाडि छिन् ।

सुनसरीको धरान उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले अगाडि छ । मेयरमा एमालेका तारा सुब्बालाई कांग्रेसका तिलक राईले पछ्याइरहेका छन् ।

उपमेयरमा पनि एमालेकी मञ्जु भण्डारी अगाडि छिन् ।

झापाको अर्जुनधारा नगरपालिकामा एमालेका हरिकुमार रानाले अग्रता लिइरहेका छन् । कांग्रेसका हेमराज खरेल दोस्रो स्थानमा छन् ।

उपमेयरमा पनि एमालेकै कमला खतिवडा अगाडि छिन् ।

यता, प्रदेश नम्बर ७ को कञ्चनपुरको पुर्नबासमा मेयरमा एमालेका जीवनराम थापा र उपमेयरमा एमालेकै शारदा विष्ट अगाडि छन् । उनीहरुलाई माओवादी केन्द्रका वीरबहादुर थापा र सीता बिकले पछ्याइरहेका छन् ।