९ मंसिर २०८३, बुधबार

२७ जिल्लाको आश्चर्यजनक मतपरिणामः कुन जिल्लामा, को शून्य भयो ?

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । स्थानीय निकायको चुनावमा केही जिल्लामा आश्चर्यजनक परिणाम आएको छ । कुनै जिल्लामा एमाले निल भएको छ भने कुनैमा काँग्रेस । अझ धेरै जसो जिल्लामा त तेस्रो पार्टी माओवादी शून्य भएको अबस्था छ ।

दोस्रो चरणको चुनावसम्म आइपुग्दासम्म एमाले र काँग्रेस २-२ वटा जिल्लामा निल भएका छन् भने नेकपा माओवादी केन्द्र २४ वटा जिल्लामा शून्य भएको छ । साना पार्टी त झन् अधिकांश जिल्लामा शून्य भएका छन् ।

एमाले गोरखा र रूकुम जिल्लामा निल भयो भने काँग्रेस कांग्रेस धनकुटा र रूकुममा निल भएको हो । रुकुममा एमाले र काँग्रेसलाई निल बनाएर माओवादीले एकलौटी जित हासिल गरेको हो ।

माओवादी केन्द्र भने ताप्लेजुङ, तेर्‍हथुम, इलाम, झापा, सुनसरी, धनकुटा, संखुवासभा, दोलखा, काठमाडौं, भक्तपुर, रसुवा, पाल्पा, मनाङ, मुस्ताङ, कास्की, म्याग्दी, पर्वत, स्याङ्जा, कपिलवस्तु, सुर्खेत, बाँके, दैलेख, बाजुरा, बझाङमा शून्य भएको हो ।