९ मंसिर २०८३, बुधबार

संविधान संशोधनमा एमालेको प्रश्न- प्रस्ताव ल्याउँदा कुनै छलफल नगर्ने अनि पास गर्न दिएन भन्ने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य एवम् प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले अहिले सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी रहेको तर अन्तरवस्तुमा सहमति भए प्रस्तावको पक्षमा मतदान गरेर पारित गर्ने स्पष्ट पारे ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा मण्डलले भने, ‘एमाले संशोधनको बाधक होईन, हामी संविधान संशोधन प्रस्तावको अन्तरवस्तुमा नयाँ सहमति भए प्रस्तावको पक्षमा मतदान गर्न तयार छौं ।’ उनले आफ्नो पार्टी तराई मधेशमै हुर्किएको पार्टी भएकोले मधेशी जनताको माँग पूरा गर्न तयार रहेको बताए ।

यद्यपी उनले संशोधन प्रस्ताव तयार पार्दा आफ्नो दलसँग कुनै छलफल तथा परामर्श नै नगरिएको गुनासो पोख्दै भने, ‘प्रस्ताव ल्याउँदा कुनै छलफल नगर्ने अनि पास गराउन आवश्यक पर्दा भन्ने गरिएको छ, सत्तापक्षको नियतमा नै खोट छ ।’ उनले प्रस्ताव एमालेलाई नसोधी ल्याउने अनि पास गराउन आनाकानी गर्ने गरेकोले सत्तापक्षको नियतमाथि प्रश्न उठाए ।

नेता मण्डलले आफ्नो पार्टीलाई हली र गोठालो ठानिए कुनैपनि हालतमा सहमत नहुने तर संविधान संशोधनको अन्तरवस्तुमा सहमति खोजिए पास गराउन तयार हुने जिकिर गरे । उनले एमालेको विश्वास जिते संशोधन प्रस्ताव पास हुने जनाए ।