९ मंसिर २०८३, बुधबार

गृहनगर दमकबाट ओलीको चेतावनी– संसदको म्याद थप्ने कुरा कसैले नसोचे हुन्छ

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपान्तरित व्यवस्थापिका संसदको म्याद थप्ने कुरा नगर्न चेतावनी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलसँग संसदको म्याद एक बर्ष थप्ने प्रस्ताव गरेपछि ओलीले त्यसको सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् ।

‘संसदको म्याद थप गर्ने कल्पनासमेत गर्न सकिदैन्,’ गृहनगर झापाको दमकमा आयोजित बिजय सभालाई सम्बोधन गर्दै ओलीले भने– ‘म्याद थपेर आफ्नो आयू बढाउने कुरामा नअल्झिई आगामी माघ–७ गतेभित्रै बाँकी सबै तहका निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरु लाग्नुपर्छ ।’

संसदको म्याद थप्ने प्रस्ताव बालुवाटारको एक बैठकमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष राखेका थिए । उनले संसदको म्याद एक बर्ष थप्ने तथा प्रदेशको चुनाव माघ फागुन र केन्द्रीय संसदको चुनाव बैशाख जेठमा गर्ने योजना सुनाएका थिए । जसमा प्रचण्ड पनि सकारात्मक देखिएका छन् ।

तर, ओलीले म्याद थपेर आफ्नो आयू बढाउने कुरामा नअल्झि आगामी माघ–७ गतेभित्रै वाँकी सबै तहका निर्वाचन सम्पन्न गराउन सत्तापक्षको ध्यानाकर्षण गराएका हुन् । संसदको म्याद थप्नु देशलाई पछाडी धकेल्नुजस्तै हुने ओलीको भनाई छ ।

दमकमा आयोजित विजयी सभामा अध्यक्ष ओलीले नगरका सबै मतदातालाई बधाई दिएका छन् । उनले अब एमालेको नेतृत्वमा दमकको विकासले गति लिने विश्वास समेत व्यक्त गरे ।