९ मंसिर २०८३, बुधबार

बिराटनगर महानगरपालिकाः मेयर र उपमेयरमा काँग्रेसको जित पक्का (अपडेट)

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिराटनगर, २४ असार । बिराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित पक्का गरेको छ ।

काँग्रेसले मेयर र उपमेयरमा भारी मत अन्तर बढाउँदै जित सुनिश्चित गरेको हो । मेयरमा काँग्रेसका भीम पराजुली ५ हजार ३ सय १६ मतले अगाडि छन् । उनले १९ हजार १ सय ५१ मत ल्याएका छन् । यसैगरी, निकटतम नेकपा एमालेका विनोद ढकालले १३ हजार ८ सय ३५ ल्याएका छन् । तेस्रोमा रहेको संघीय समाजवादीका उमेश यादवले १२ हजार ६ सय ७७ मत पाउका छन् ।

उपमेयरमा पनि कांग्रेसकै इन्दिरा कार्की अगाडि छिन् । उनी ६ हजार ६ सय ३७ मतका साथ अगाडि छिन् । कार्कीले १६ हजार ६ सय ७० मत प्राप्त गरेकी छिन् भने उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ मत ल्याएकी छिन् ।

यसैगरी, फोरम लोकतान्त्रिककी सूची चौधरीले उपमेयरमा ८ हजार ५ सय ७० मत ल्याएकी छिन् ।

१९ वटा वडामध्ये अब वडा नम्बर १०, ११ र १२ को १३ हजार ५ सय ३८ मत गन्न बाँकी छ । ६६ हजार ९ सय ३९ मत गणना भइसकेको छ ।