११ मंसिर २०८३, शुक्रबार

धरान उपमहानरमा एमालेको अर्को जितः वडामा प्यानलै विजयी, मेयर-उपमेयरमा पनि अग्रता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २४ असार । धरान उपमहानगरपालिकामा एमालेले अर्को जित हात पारेको छ ।

अन्तिम मत परिणाम अनुसार, धरान उपमहानगरपालिका वडा १३ मा नेकपा एमालेका उम्मेदवार नेत्र काफ्ले प्यानल सहित वडा अध्यक्षमा विजयी भएका हुन् ।

नेकपा एमालेले मेयरमा झण्डै दुई हजार मतसहित अग्रता लिइरहेको छ । एमालेले मेयरमा १२ हजार २७३ मत पाएको छ भने काँग्रेसले १० हजार ३९४ मत पाएको छ । यसैगरी, माओवादी केन्द्रले ५ हजार ६२३ मत ल्याएको छ ।

उपमेयरमा पनि एमाले अगाडि छ । एमालेले १२ हजार ३३४ मत पाएको छ भने काँग्रेसले ९ हजार ९७२ मत ल्याएको छ । तेस्रोमा रहेको संघीय समाजवादी फोरमले १ हजार ७९७ मत ल्याएको छ ।