
चितवन, २४ असार । चितवन जिल्लाको राप्ती नगरपालिका– ५ भण्डाराचोकमा बसले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
शनिबार बिहान ना ६ ख ९०११ नं. को यात्रुबहाक बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बसले सडक पारगर्दै गरेका राप्तीनगरपालिका– ११ की ४० वर्षीय फूलमाया लोप्चन र ४५ वर्षीय माईला तामाङ्गलाई शनिबार बिहान पौने ४ बजे ठक्कर दिएको थियो ।
दुर्घटनमा परी गम्भिर घाइते भएका दुवैको उपचारको क्रममा जिल्ला अस्पताल भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । दुर्घटनामा संलग्न चालकलाई बससहित भण्डारा प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया