काठमाडौं, २३ असार । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूबीच वार्ता सुरु भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केही बेर अगाडि सुरु भएको वार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भइरहेको बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री देउवाले आफ्नो दल कांग्रेस, माओवादी केन्द्र, राजपासहितका नेताहरूलाई बोलाएको बुझिएको छ ।
स्रोतका अनुसार राजपा नेपालका मागका विषयमा छलफल हुनेछ । राजपा नेपालले संविधान संशोधन र स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुने वातावरणको माग गर्दै आएको छ ।











प्रतिक्रिया