
सप्तरी, २३ असार । बाढीपीडितहरुको अबस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी आइपुगेका छन् ।
गृहमन्त्री जनार्दन शर्मा, सप्तरीका सांसद तथा एमालेका नेता गंगालाल तुलाधर लगायतको टोलीसहित प्रधानमन्त्री देउवा सप्तरी पुगेका हुन् ।
उनले सप्तरीको त्रिहुत गाउँपालिका वडा नम्बर २ स्थित भेडियामा बाढीबाट उत्पन्न समस्या बारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री देउवाले नेपाल र भारतको सिमानामा रहेको तिलाठी, मलेठ, सकरपुरा, रुपनी लगायतका बाढी पीडित क्षेत्रको अबलोकन गर्ने कार्यक्रम छ ।











प्रतिक्रिया