
धनगढी, २३ असार । धनगढी उपमहानगरपालिकाको निर्वाचनमा मेयरमा काँग्रेस र स्वतन्त्र उम्मेदवारबीच टक्कर जारी छ ।
पछिल्लो मतगणनाको परिणामानुसार प्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी नृप बडले ११ हजार ५८९ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ४३५ मत ल्याएका छन् । यसैगरी, माओादीका मेयरका उम्मेदवार राम समझ राना ८ हजार २६९ मतसहित तेस्रो स्थानमा छन् ।
एमाले चौंथो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार दुर्गाप्रसाद जोशीले ८ हजार १९६ मत ल्याएका छन् ।
यसैगरी, उपमेयरमा पनि काँग्रेसकै अग्रता छ । काँग्रेसकी सुशीला मिश्र भट्टले १४ हजार ५६१ मत ल्याएकी छिन् ।
दोस्रोमा रहेकी एमालेकी रुक्मणी देवकोटाले १० हजार ६५४ मत ल्याउन सफल भएकी छिन् । माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीको ८ हजार ४५० मत आएको छ ।











प्रतिक्रिया