
धरान, २२ असार । धरान उपमहानगरपलिकाको मेयर र उपमेयरमा एमालेले अग्रता कायमै गरिरहेको छ ।
जारी मतगणनामा एमाले काँग्रेस भन्दा १४ सय मतले अगाडि छ । उपमेयरमा त झन् बढी अन्तर छ । एमालेले मेयरमा ७ हजार २४२ मत पाएका छ भने उपमेयरमा ७ हजार ४०५ मत ल्याएको छ ।
यसैगरी, कांग्रेसले मेयरमा ५ हजार ८९८ मत ल्याएको छ भने उपमेयरमा ५ हजार ३३७ मत ल्याएको छ ।
यसैगरी, माओवादी र संघीय संघीय समाजवादी फोरमको गठबन्धनले मेयरमा ३ हजार ७९८ मत र उपमेयरमा १ हजार ३३० मत प्राप्त गरेको छ ।











प्रतिक्रिया