२१ कार्तिक २०८३, शनिबार

अदालतमा सम्वेदनशील अंग देखाउन नपाइने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

पोखरा, २२ असार । कास्की जिल्ला अदालतले युवती र महिलाहरूका लागि नयाँ नियम लागू गरेको छ ।

अदालतभित्र त परै पर्खालभित्र परिसरमा पनि हाफ पाइन्ट, मिनीस्कट, जाँगेलगायतका अंग प्रदर्शन हुने खालका बस्त्र लगाएर भित्र पस्न पाइने छैन ।

अदालत प्रशासनले त्यस्ता बस्त्र लगाएर आउनेलाई गेटबाटै फर्काउने गरेको छ । कास्की जिल्ला अदालतका सेस्तेदार कृष्णप्रसाद नेपालले अदालतलाई मर्यादित बनाउन आफूहरूले त्यस्तो व्यवस्था गरेको बताए ।

नेपालले विदेश गएर आएका धेरैले टी–सर्ट, हाफ पाइन्ट, मिनी–स्कर्टमा आउने गरेको बताए । ‘गाउँबाट कुनै मानिस कछाड बाँधेर आउँछ भने उसले प्रवेश पाउने तर, टीसर्ट र हाप पेन्ट लगाएर अदालतमा आउनेले प्रवेश गर्न पाउने छैन’, उनले भने ।

‘हाफ पाइन्ट, जाँगे, मिनिस्कर्ट तथा अंगप्रदर्शन गर्दै ग्लामरर्स बन्न खोज्नेहरूलाई अदालतमा प्रवेश छैन’, उनले भने ।