९ मंसिर २०८३, बुधबार

च्याउको तरकारी खादा एकै परिवारका ८ जना गम्भीर बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तुलसीपुर, २२ असार । दाङ जिल्लामा बिषालु च्याउको तरकारी खादा एकै परिवारका ८ जना बिरामी परेका छन् ।

जंगलबाट ल्यएको च्याउको तरकारी खादा तुलसीपुर– १८ हेमन्तपुरका ५० वर्षीय केशर बुढासहित उहाँको ८ जनाको परिवार बिरामी परेका हुन् ।

बिरामी पर्नेहरूमा ८ वर्षीया छोरी नीशा, ५ वर्षीया दीपा, ४ वर्षीया उत्तमा, विमला र उर्मिला रहनु भएको छ ।

बिरामीमध्य ७ जनाको अहिलेसम्म पनि होस खुलेको छैन । सबैको अचेत अबस्थामा राप्ती अञ्चल अस्पतालमा उपचार भएको थियो ।

थप उपचारका लागि उनीहरूलाई कोहलपुर पठाइएको तुलसीपुरबाट पत्रकार शरद रेग्मीले जानकारी दिनु भएको छ ।