९ मंसिर २०८३, बुधबार

राजपाका उम्मेदवार लुम्बिनी सांस्कृतिक नगरपालिकामा विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २२ असार । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा ‘राजपा’का उम्मेदवार विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’का मनमोहन चौधरीले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् ।

उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् ।

लुम्बिनी सांस्कृतिक नगर रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिका पछिको मुख्य नगरी समेत हो ।