काठमाडौं, २२ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका अध्यक्ष महेन्द्र राय यादवले पार्टीभित्र आफूहरूको हैसियत एउटै रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले राजपा सामूहिक नेतृत्व प्रणालीमा चल्ने बताए ।
‘महन्थ ठाकुर र अध्यक्षमण्डलमा रहेका सबै अध्यक्षहरूको हैसियत एउटै हो’, उनले भने, ‘राजपा सामूहिक नेतृत्व प्रणालीबाट चल्छ । नेतृत्व चक्रिय प्रणालीबाट अगाडि बढ्छ ।’
राजपा नेपालमा महन्थ ठाकुर १ नं. नेता हुन् ? भन्ने प्रश्नको जवाफमा नेता यादवले भने, ‘एक नं. नेता कोही पनि होइन । सबै बराबरी हुन् ।’
उनले राजपा नेपालको नेतृत्व चक्रिय प्रणालीबाट हुनेभन्दै दुई–दुई महिनामा नेतृत्व परिवर्तनका विषयमा विवाद नरहेको बताए ।
महन्थ ठाकुरले चक्रिय प्रणालीअनुसार नेतृत्व हस्तान्तरण गर्न नचाहेपछि राजपाभित्र असन्तुष्टि बढिरहेको छ ।











प्रतिक्रिया