९ मंसिर २०८३, बुधबार

कृष्णप्रसाद सिटौलाको गृहनगरमा जीवनकुमार र चन्द्रमाया विजयी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, २२ असार । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर झापाको भद्रपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको छ ।

एमालेका जीवनकुमार श्रेष्ठले ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत पाए ।

उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भएकी छिन् । उनले १० हजार ६ सय ५० मत प्राप्त गरिन् । श्रेष्ठकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याइन् ।

नेता सिटौलाले मतदान गरेको वडा नं. १० मा पनि एमालेको प्यानलै विजयी भएको छ । १० वडामध्ये ७ वडा एमाले, २ कांग्रेस र १ माओवादीको पोल्टोमा परेको छ ।