१५ कार्तिक २०८३, आइतबार

दस वर्षीया बालिकाको पेटमा के भेटियो यस्तो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ असार । दस वर्षीया बालिकाको पेटबाट सात किलो तौलको ट्युमर निकालिएको छ ।

कान्ति बाल अस्पतालमा तीन घण्टा लामो शल्यक्रियापछि चिकित्सकहरूले प्यूठानकी शीला नेपालीको पेटबाट उक्त ट्युमर निकालेका हुन् । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

उक्त अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा आरपी चौधरीको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको थियो ।

शल्यक्रियापछि बालिकाको अवस्था सामान्य रहेको जानकारी उहाँले दिनुभयो । डा चौधरीका अनुसार नेपालीको पेटमा आठ महिनाको उमेरदेखि आस्वभाविक ट्युमर देखिन थालेको थियो । उक्त ट्युमर बढदै गए पनि आर्थिक अभावका कारण परिवारले अस्पताल लैजान सकेका थिएनन् ।

बच्चालाई सामान्य अवस्थामा पनि गाह्रो हुन थालेपछि एक सामाजिक संस्थाको सहयोगमा बालिकालाई उपचारका लागि कान्ति अस्पताल ल्याइएको थियो ।

कान्तिमा आउँदा ट्युमर बढेकै कारण पेटका महìवपूर्ण अङ्गलाई समेत थिचेकाले उनमा अन्य समस्यासमेत थपिँदै गएको पाइएको डा चौधरीले बताउनुभयो ।

उहाँले यस्तो ट्युमर संसारमा एक प्रतिशतलाई मात्रै हुनसक्ने भन्दै आफूले बालिकाको शल्यक्रिया गर्दा परिवारसँग शल्यक्रियाको क्रममा उच्च जोखिम हुनसक्ने भन्ने जानकारी दिएर मात्र शल्यक्रियाको गरेको जानकारी दिनुभयो ।