दाङ, २१ असार । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । यससँगै उपमहानगरमा एमालेले ह्याट्रिक पूरा गरेको छ ।
यसअघि एमालेले दाङकै घोराही र रुपन्देहीको बुटवल उपमहानगरमा बहुमत जित हात पारिसकेको छ ।
दाङका पत्रकार गणेश अचार्यका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले नेता घनश्याम पाण्डे विजयी भएका छन् । यद्यपी विजयीको औपचारिक घोषणा हुन बाँकी छ ।
अहिले वडा नम्बर १९ को मतगणना जारी । गणना हुन बाँकी मतभन्दा पाण्डेको मतान्तर बढी भएकाले उनको विजय सुनिश्चत भएको हो ।
यस्तै, उपमेयरमा पनि एमालेकै माया आचार्य २९० मतले अगाडि छन् ।











प्रतिक्रिया