९ मंसिर २०८३, बुधबार

उपमहानगरमा एमालेको दोस्रो जित, बुटवलमा प्यानलै विजयी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपमहानगरपालिकामा दोस्रो जित दर्ता गराएको छ ।

बुधबार साँझ सार्वजनिक परिणामअनुसार बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका शिवराज सुवेदी मेयर निर्वाचित भएका छन् । शिवरामले २३ हजार २४९ पाए । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खेलराज पाण्डे २० हजार ८५१ मत पाए ।

यस्तै, उपमेयरमा पनि एमालेकै गोमा आचार्य २५ हजार ३०१ मतसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ४९२ मत पाए ।

वडामा समेत एमालेले बहुमत जित हात पारेको छ । यसअघि एमालेले घोराही उपमहानगरपालिकामा आफ्नो पहिलो जित दर्ता गराएका थियो ।

बुटवलमा काँग्रेस, माओवादी, संघीय समाजवादी र जनमुक्ति पार्टीको गठबन्धन बनेको थियो भने एमाले एक्लै भिडेको थियो । तर, गठबन्धनको घेराबन्दी तोड्दै एमालेले बाजी मारेको हो ।

बुटवलमा काँग्रेसले मेयर उठाएको थियो भने गठबन्धन अनुसार माओवादीले उपमेयर उठाएको थियो । यसैगरी, वडामा जनमुक्ति र संघीय समाजवादीसँग तालमेल थियो । तर, यी सबै तालमेल र गठबन्धन एमालेका सामु फेल खाएका छन् । बुटवलमा सत्तागठबन्धनको लज्जास्पद हार भएको छ ।

१९ वडा रहेको बुटवलमा काँग्रेसले जम्मा ३ वटा वडामात्रै जितेको छ । बांकी १६ वडामा प्यानलैसहित एमाले बिजयी भएको छ ।