
सुनसरी, २१ असार । सुनसरीको बराह नगरपालिकामा पनि नेकपा एमाले मेयर र उपमेयर जितेको छ ।
नेकपा एमालेका निलम खनाल मेयरमा विजयी भए । उनले १४ हजार ४४६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका बाबुराम विष्टले ११ हजार ४८९ मत ल्याए ।
यसैगरी, उपमेयरमा एमालेकी कमला मगर विजयी भएकी छिन् । उनले १४ हजार ६०९ मत ल्याइन् । प्रतिस्पर्धी काँग्रेसकी पुजा राजधामीले ११ हजार ३५९ मत ल्याइन् ।











प्रतिक्रिया