९ मंसिर २०८३, बुधबार

कपिलवस्तुमा काँग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २१ असार । कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

प्रमुखमा किरण सिंह नौ हजार २४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले पाँच हजार ६३१ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा काँग्रेसकी लक्ष्मीदेवी कसौधन आठ हजार ८६५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार वासुदेवप्रसाद गुप्ताले चार हजार ७१७ मत प्राप्त गर्नुभयो । रासस