विराटनगर, २१ असार । मोरङको सुनबर्षी नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
प्रमुखको पदमा कांग्रेसका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी गराउनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी, उपप्रमुखमा कांग्रेसका मञ्जुकुमारी राईले ६ हजार १९३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गर्नुभएको थियो । रासस












प्रतिक्रिया