
काठमाडौं, २१ असार । विभिन्न छ वटा मधेस केन्द्रित दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले आज दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने भएको छ ।
राजपाका युवा नेता केशव झाका अनुसार बिहान ११ बजे काठमाडौंको बिजुली बजारमा शीर्ष नेताहरूसहितका नेता तथा कार्यकर्ता जम्मा भएर दल दर्ताको तयारी गरिनेछ ।
दल दर्ताको पत्रमा शीर्ष नेताहरूले हस्ताक्षर गरेपछि निवेदन लिएर आयोगको मुख्यालय कान्तिपथ जाने झाले बताए ।
यसअघि मंगलबार बसेको राजपाका शीर्ष नेताहरूको बैठकले दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।
राजपाले निर्वाचन चिन्हमा छाता र नयाँ झण्डाको प्रस्ताव गरेको छ ।











प्रतिक्रिया