९ मंसिर २०८३, बुधबार

झापाको गौरादहमा भत्कियो एमाले ‘किल्ला’

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, २१ असार । एमालेको पकड क्षेत्र झापाको गौरादह नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार रोहितकुमार साह निर्वाचित भएका छन् । साहले १० हजार ३ सय ८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

गौरादह एमाले सांसद् दीपक कार्कीको क्षेत्र हो । यसअघि उनले दुई पटक गौरादहको गाविस अध्यक्ष जितेका थिए । आफ्नो पडक क्षेत्रमा कांग्रेसले जितेपछि झापा एमालेभित्र खैलाबैला मच्चिएको छ ।

साहका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मदन अधिकारीले ९ हजार ८ सय ५४ मत पाए ।

उपमेयरमा भने एमालेले जित निकालेको छ । १० हजार ६ सय २० मत ल्याउँदै एमालेकी उम्मेदवार गीता भेटवाल विजयी भएकी छन् ।

उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार सुमित्रा खरेल ढुंगानाले ७ हजार ९ सय ११ मत ल्याएकी छिन् ।